Blog

  • लामिछानेलाई सांसदको काम रोक्न माग गर्दै सर्वोच्चमा रिट

    लामिछानेलाई सांसदको काम रोक्न माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा उनको सांसद पदको कार्यसम्पादन रोक्न माग गरिएको छ।सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा सार्वजनिक पदमा रहन नमिल्ने दाबी गर्दै अधिवक्ता आयुष बडाललगायतले यस्तो मागसहित रिट दर्ताका लागि पेस गरेका हुन्।निवेदकहरूले मुद्दा टुंगो नलागेसम्म लामिछाने स्वतः निलम्बनको अवस्थामा रहने कानुनी व्याख्या अघि सार्दै उनलाई संसद्‍का कामकारबाहीमा संलग्न हुन नदिन अन्तरिम आदेश जारी गर्नुपर्ने माग गरेका छन्।यद्यपि, तीन दिनअघि पेस गरिएको उक्त रिट निवेदन हालसम्म सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको छैन। दर्ता नगर्ने भए दरपीठ आदेश दिनुपर्ने प्रचलन रहे पनि सोसम्बन्धी कुनै निर्णय सार्वजनिक गरिएको छैन। अदालत स्रोतका अनुसार रिटबारे उच्च तहमा जानकारी गराउने भन्दै निवेदन ‘होल्ड’ अवस्थामा राखिएको छ।यसअघि तत्कालीन महान्यायाधिवक्ताले लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरेपछि त्यसविरुद्ध पनि सर्वोच्चमा रिट परेका थिए। ती रिटहरू हाल पूर्ण इजलासमा सुनुवाइका लागि तोकिएका छन्।सर्वोच्च अदालतले वैशाख १० गते उक्त मुद्दाको सुनुवाइका लागि मिति तोकेको छ। यसअघि न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले कानुनी व्याख्या आवश्यक पर्ने आठ बुँदा औंल्याउँदै मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।अब पूर्ण इजलासको निर्णयले लामिछानेविरुद्धको अभियोग संशोधनको वैधानिकता मात्र होइन, उनको सांसद पदको निरन्तरतामाथि पनि प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।

  • गृहमन्त्रीलाई पक्राउ गरी निष्पक्ष अनुसन्धान अघि बढाउन माग गर्दै प्रहरीमा निवेदन

    गृहमन्त्रीलाई पक्राउ गरी निष्पक्ष अनुसन्धान अघि बढाउन माग गर्दै प्रहरीमा निवेदन

    जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न र निष्पक्ष अनुसन्धान अघि बढाउन माग गर्दै प्रहरी प्रधान कार्यालयमा निवेदन दिएको छ।नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा बुझाइएको निवेदनमा गृहमन्त्री गुरुङमाथि गम्भीर आरोप सार्वजनिक भएको उल्लेख गर्दै पदमा बहाल रहँदै आफ्नैविरुद्ध छानबिन अघि बढाउनु ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ भएको तर्क गरिएको छ। संगठनले यस्तो अवस्था नेचुरल जस्टिसको सिद्धान्तविपरीत भएको पनि जनाएको छ।संगठनका प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित निवेदनमा सरकारलाई गृहमन्त्रीलाई पदबाट हटाउन सिफारिस गर्न, उनलाई पक्राउ गरी हिरासतमा राख्न, आरोपहरूको निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न तथा प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ।निवेदनको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार र राष्ट्रिय मानवअधिकार आयोग, ललितपुरलाई समेत पठाइएको छ।

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने भएको छ । पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द हुने विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीले जानकारी दिए। उनका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ कार्यका लागि राति ११:४५ देखि बिहान ६:३० बजेसम्म विमानस्थलको उडान तथा अवतरण बन्द हुनेछ ।विमानस्थलको धावनमार्गको छेउमा रहेको ट्याक्सीवेमा निर्माण जारी छ । सुरक्षाका दृष्टिकोणले रातको समयमा विमानस्थल पूर्ण रूपमा बन्द गर्न लागिएको हो ।निर्माणलाई गति दिन विमानस्थल बन्द गरिने विमानस्थल कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । विमानस्थल कार्यालयले बन्द हुँदा त्यसबाट पर्न जाने असरलाई न्यूनीकरण गर्न आवश्यकताअनुसार उडान तथा अवतरणको कार्यतालिका निर्धारण गर्न हवाई सेवा प्रदायकलाई आग्रह गरेको छ ।

  • Hello world!

    Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!